काठमाडौं- सरकारले आन्तरिक वायुसेवा प्रदायक कम्पनीहरूलाई भागबन्डा लगाएर हवाई उडान खुला गर्ने तयारी गरेको छ। यस्तो भागबन्डामा सबैभन्दा बढी हिस्सा भने बुद्ध एयसलाइन्सले पाउने भएको छ भने यती एयरलाइन्सले बुद्धलाई पछ्याएको छ।
बुद्धले एक दिनमा बढीमा १७ उडान गर्न पाउने भएको छ भने यतीले एक दिनमा बढीमा ११ उडान मात्र गर्न पाउने भएको छ। यस्तै श्री एयरलाइन्सले बढीमा ८ वटा र समिटले ३ वटा उडान गर्न पाउने गरी तयारी अघि बढाइएको नेपाल नागरिक उड्डययन प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ। यस्तो भागबन्डा आन्तरिक सेवाका ट्रंक रुटमा लागू हुने बताइएको छ। दिनमा बढी ४५ उडान मात्र संचालन गर्ने गरी योजना प्राधिकरणको छ।
लामो समयदेखि बन्द रहेको नेपालको हवाई सेवा सरकारले भदौ १ बाट संचालन गर्ने तयारी गरेको छ। अब एक घण्टामा बढीमा ३ सयलाई जनालाई मात्र सेवा दिन सकिने गरी हवाई उडान सेवा संचालनको तयारी भएको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ।
यसका लागि सुरक्षाका सबै उपाय अपनाउन सहज हुने गरी व्यवस्थापन गर्न विमानस्थल कार्यालयले आवश्यक तयारी गरिरेको छ। यसरी उडान गर्दा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका सबै सुरक्षा निर्देशिका, वायुसेवा कम्पनी र विमानस्थल कार्यालयले जारी गरेका सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्नुपर्ने समेत बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।