काठमाडौं-गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ३ जिल्लाहरु पर्वतका २, स्याङजाका १ र कास्कीका २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५० पुगेको छ। संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ९१ पुगेको छ।
नेपालमा भने कोरोना संक्रमितको संख्या १८ हजार ९९ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।