काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ।
‘इनफ इज इनफ’ का सामाजिक अभियान्ताले पोखरेल र ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्। कोभिड १९ को उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता भएको उल्लेख गर्दै उजुरी दर्ता गरिएको छ।
खरिद प्रक्रियाको यथार्थ जानकारी, खर्च रकम, नियुक्ति भएका विज्ञको पारिश्रमिकलगायतका विषयमा जिज्ञासा राखिएको छ।
अभियन्ताका तर्फबाट सात जनाले अख्तियारमा दिएको उजुरीमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता/विज्ञको सम्पत्ति छानबिन गर्न माग गरिएको छ।
स्वास्थ्य सामग्रीमा भएको अनियमितताका विषयमा यसअघि पनि अख्तियारमा उजुरी परेको थियो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।