काठमाडौं- काठमाडौं जिल्ला अदालतले लकडाउनको समयमा रोकिएका मुद्दाको सुनुवाई ,तारेख , म्याद बुझ्नेलागयतका कार्यका लागि कार्ययोजना सार्वजनिक गरेको छ। लकडाउनमा रोकिएका मुद्दाका लागि जिल्ला अदालतले कार्ययोजना सार्वजनिक गरेको हो।
अदालतले पूर्ण रूपमा बन्दाबन्दी खुलेको भन्दै जिल्लाले चैत ९ गतेदेखि रोकिएको मुद्दाका प्रक्रियाहरु भदौ १० गतेसम्म हुने कार्ययोजनामा उल्लेख छ। साउन ६ गते रातको १२ बजेदेखि लकडाउन अन्त्य भएको भन्दै जिल्ला अदालतले साउन ७ मा सूचना जारी गरेको हो।
लामो दूरिका सार्वजनिक सवारी साधन भाद्र १ गतेबाट मात्र खुल्ने वा चल्ने अवस्था भएपनि जिल्ला अदालतले सूचना जारी गरेको हो। जिल्ला अदालतको यो सूचनाले काठमाडौँ उपत्यका बाहिर रहे भएका सेवाग्राहीहरुलाई भने अप्ठारो पर्ने देखिएको छ।
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट २०७७ जेठ १५ गते अडबड फुकाउने सम्बन्धमा एक फैसला गरेको थियो। उक्त फैसलाले लकडाउन खुलेको ३० दिनभित्र तारेख पेसी लिनेलगायतका अदालती प्रक्रिया गर्न सकिने भनेको थियो।
जिल्ला अदालतले ९ गते देखि वैशाख १३ गतेसम्मका मुद्दाहरुको लागि कार्ययोजना बनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।