काठमाडौं- कोरोना संक्रमण भएका चिनियाँ नागरिकको उपचारका क्रममा नै नेपालमा मृत्यु भएको छ। पोखरामा कोरोना संक्रमण भएपछि रिफर भएर काठमाडौं आएका बेला उपचारका क्रममा नै उनको मृत्यु भएको हो।
पोखरामा रहेका बेला कोरोना पोजेटिभ भएपछि उनलाई थप उपचारका लागि ग्रान्डी अस्पताल ल्याइएको थियो। ग्रान्डीबाट पनि थप उपचारका लागि त्रिवि शिक्षण अस्पतलामा भर्ना गरिएको थियो।
उपचारका क्रममा नै रहेका बेला बुधबार बिहान मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड-१९ फोकल पर्सन डा सन्तकुमार दासले नेपाल लाइभलाई जानकारी दिए।
उनीबारे थप विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।