काठमाडाैं- पछिल्लाे २४ घण्टामा भारतमा थप ३७ हजार ७ सय २४ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या ११ लाख ९२ हजार ९ सय १५ पुगेकाे छ।
भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ६ सय ४८ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै भारतमा काेराेनाबाट २८ हजार ७ सय ३२ जनाकाे मृत्यु भएकाे छ।
संक्रमितमध्ये ७ लाख ५३ हजार ४९ जना निकाे भएका छन् भने ४ लाख ११ हजार १३३ जनामा अहिले पनि काेराेनाकाे संक्रमण देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।