चौतारा- जनैपूर्णिमाको अवसरमा बर्सेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यो वर्ष भने नलाग्ने भएको छ। पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेपछि मेला नलाग्ने भएको हो।
गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए।
यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ। पालिकाले मानिसको भिडभाड हुँदा कोरोना संक्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो। गाउँपालिकाले कोरोना महामारीलाई देखाउँदै उक्त क्षेत्रमा मेला लगाउन रोक्ने निर्णय गरेको हो।
गाउँपालिकाका तर्फबाट जारी विज्ञप्तिमा मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको उल्लेख छ। साउन १९ गते उक्त क्षेत्रमा ठूलो मेला लाग्ने गरेको छ।
विभिन्न जिल्लाबाट सर्वसाधरणहरु भेला भर्न पुग्ने गरेका थिए। समुन्द्री सतहबाट करिब ४ हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी ५ वटा ताल रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।