काठमाडौं–गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाहरु म्याग्दीका ३, बाग्लुङका ३ र स्याङजाका ३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ।
उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १ हजार २० रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।