काठमाडौं– वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलमा घरेलु टोली इंग्ल्यान्डले जित हात पारेको छ। इंग्ल्यान्डले वेष्ट इन्डिजलाई ११३ रनले पराजित गर्दै तीन खेलको टेष्ट सिरिज १–१ को बराबरी बनाएको छ। यसअघि भएको पहिलो टेष्ट खेल भने वेष्ट इन्डिजले जितेको थियो।
३१२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिज १९८ रन मै अलआउट भएपछि इंग्ल्यान्डले दोस्रो टेष्ट जितेको हो। वेष्ट इन्डिजका सामराह बोक्सले ६२ रन बनाए। यसअघि वेष्ट इन्डिजले आफ्नो पहिलो पारीमा २८७ रन बनाएको थियो।
इंग्ल्यान्डले भने आफ्नो पहिलो ४६९ रन बनाएपछि सकाएको थियो। इंग्ल्यान्डका लागि उपकप्तान बेन स्टोक्स र डोम सिब्लीले शतक बनाए। यी दुबै ब्याट्सम्यानको उच्च रनसँगै इंग्ल्यान्ड आफ्नो पहिलो पारीमै बलियो स्थितिमा पुगेको थियो। स्टोक्सले शतकसहित १७६ र सिब्लीले शतकसहित १२० रन बनाएका थिए।
इंग्ल्यान्डले १२९ रन बनाएसँगै आफ्नो दोस्रो पारी समाप्तिको घोषणा गर्दा वेष्ट इन्डिजले ३१२ रनको चुनौती पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।