काठमाडौं- सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। तर विद्यालय र सिनेमा हल संचालनमा भने रोकावट कायमै रहेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
'विद्यालय र सिनेमाहल बाहेक बाहेक खुलाउने कुरा भएको छ। छोटो दूरीका सवारी साधन सञ्चालन गर्न पनि खुलाउने निर्णय भएको छ। भदौ १ बाट हवाई सेवा संचालन गर्ने निर्णय गरेको छ,' ती मन्त्रीले नेपाल लाइभसँग भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेबाट आन्तरिक र भदौ १ बाट बाह्य उडान सेवा सुरु गर्ने प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले सो प्रस्ताव संशोधन गर्दै भदौ १ बाट दुवै सेवा संचालन गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ। स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकलका आधारमा सुरक्षाका उपाय अपनाउने गरी कार्यविधि बनाइने मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।