काठमाडौं–गण्डकी प्रदेशमा थप १२ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ४ जिल्लामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
तनहुँका २, स्याङजाका १, लमजुङका १ र कास्कीका ८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका डा विनोदविन्दु शर्माले जनाएका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय १७ पुगेको छ। प्रदेशमा हाल क्वारेन्टाइनमा रहनेहरुको संख्या १ हजार ८ सय २४ रहेको छ।
नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ७० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।