काठमाडौं- इंग्ल्याण्ड वेस्ट इन्डिजबीचको दोस्रो टेस्टमा तेस्रो दिनको खेल समयसम्म वेस्ट इन्डिज ४ सय ३७ रनले पछि रहेको छ। इंग्ल्याण्डले आफ्नो पहिलो इनिङमा ९ विकेट जाँदा ४ सय ६९ रन बनाएर इनिङ सकिएको घोषणा गरेको थियो।
तेस्रो दिन आफ्नो पहिलो इनिङमा १४ ओभरको खेल खेलेको वेस्ट इन्डिजले एक विकेट गुमाएर ३२ रन बनाएको हो। ३४ बलमा १२ रन बनाउँदा जोन क्याम्पबेल कुर्रानको बलमा एलबिडब्ल्यू आउट भए। ब्रेथवेट ६ रन साथै अल्जारी जोसेफ १४ रन बनाएर क्रिजमा छन्।
यसअघि आफ्नो पहिलो इनिङमा इंग्ल्याण्डका डम सिब्ले र बेन स्ट्रोक्सले शतक बनाएका थिए। सिब्लेले ३ सय ७२ बल खेलेर १ सय २० रन बनाएका थिए भने स्ट्रोक्सले ३ सय ५६ बल खेलेर १ सय ७६ रन बनाएका थिए। स्टोक्स र सिब्लेले २ सय ६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उकासेका थिए।
चौथो दिनको खेल सुरु हुन ढिलो भइरहेको छ। अहिले मौसमको अवस्था पनि कमजोर रहेको रिपोर्टिङ भइरहेका छन्। बाँकी रहेको दुई दिनको खेल राम्ररी हुन नसक्दा नतिजा आउन मुस्किल देखिन्छ। यसैले दोस्रो टेस्ट बराबरीउन्मुख देखिएको छ।
लामो समय रोकिएर सुरु भएको क्रिकेट अहिले मौसमले प्रभावित भइरहेको छ। पहिलो टेस्टमा पनि मौसमका कारण प्रभाव परेको थियो। तेस्रो टेस्टसम्म पनि अवस्था यस्तै रहने आँकलन भएका छन्।
पहिलो टेस्ट वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो। तेस्रो तथा अन्तिम टेस्ट जुलाइ २४ देखि २८ सम्म हुने तय छ। यही सिरिजले क्रिकेटका अरु गतिविधि कसरी हुन्छन् भन्नेमा सहयाग गर्ने भएकाले पनि विशेष रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।