काठमाडौं-गण्डकी प्रदेशमा फेरि थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेशका २ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।
लमजुङका ६ र कास्कीका ६ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय १ पुगेको छ।
संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ।
यसअघि आजै बिहान १२ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा कूल संक्रमितको संख्या १७ हजार ५ सय २६ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।