काठमाडौं-गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेशका ४ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।
पर्वतका २, बाग्लुङका २, स्याङजाका २ र म्याग्दीका ६ जनाका संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ।
पर्वत, बाग्लुङ र स्याङजाका सबै संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र म्याग्दीका संक्रमितलाई आइसोलेसन कक्षम लैजाने तयारी भइरहेको जनाइएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ३८ रहेको छ।
नेपालमा कूल संक्रमितको संख्या १७ हजार ५ सय १४ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।