काठमाडौं- आयकर ऐन २०५८ को व्यवस्थाअनुसार साना व्यवसायीले वार्षिक २५ सय रुपैयाँदेखि ७५ सय रुपैयाँसम्म कर भुक्तानी गर्नुपर्छ।
ऐनको दफा ४ को उपदफा ४ अनुसार महानगरपालिका र उपमहानगरपालिकामा व्यवसाय गर्नेले वार्षिक ७५ सय, नागरपालिकामा व्यवसाय गर्नेले वार्षिक ४ हजार र गाउँपालिका व्यवसाय गर्नेले वार्षिक २५ सय रुपैयाँ कर तिर्नुपर्छ। तर, सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् कर छुटको योजना ल्याएको छ। यसअनुसार अब यस्ता व्यवसायीले ७५ प्रतिशत कर छुट पाउँछन्।
अर्थात् आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कर तिर्न जाँदा महानगरपालिका र उपमहानगरपालिकामा व्यवसाय गर्नेले १८ सय ७५ रुपैयाँ, नगरपालिकामा १ हजार रुपैयाँ र गाउँपालिकामा ६२५ रुपैयाँ कर तिरे पुग्छ।
सरकारले कोरोना प्रभावित व्यवसायका लागि कर छुट योजना ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।