काठमाडौं– शनिबार कोरोनाका कारण विदेशमा अलपत्र ११ सय ५५ नेपाली स्वदेश फर्किएका छन्। विभिन्न ७ वटा उडानमार्फत ११ सय ५५ नेपाली स्वदेश फर्किएका हुन्।
युएईबाट ३२४, कतारबाट ३०५, रियाद २५८ र बहराइनबाट २६८ नेपाली स्वदेश फर्किएका हुन्। त्यस्तै विभिन्न मुलुकबाट ६ शवहरु समेत ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। कतारबाट ३, साउदीबाट २ र बहराइनबाट १ गरी ६ शव ल्याइएको हो।
विदेशमा अलपत्र नेपालीहरु स्वदेश ल्याउन आइतबारका लागि ८ वटा उडान तय गरिएको छ। मलेसिया, कतार र युएईमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन ८ उडान तय गरिएकोे विमानस्थलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।