काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ। गत २४ घण्टामा मात्र ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङ र तेह्रथुमका २/२, कोशी अस्पताल विराटनगरमा इलामका १ र मोरङका ७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापा र मोरङका १/१ जनामा कोरोना भेटिएको छ।
नारायणी अस्पताल विरगञ्जमा बाराका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका २ र नुवाकोटका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङ र पर्वतका १/१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मी र पाल्पाका २/२, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका १ जनामा कोरोना भेटिएको छ।
यस्तै, दैलेख पिसिआर प्रयोगशालामा दैलेखका ४, चौरजहारी पिसिआर प्रयोगशालामा सल्यानका १ र रुकुम पश्चिमका ३ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
डडेल्धुरा अस्पतला प्रयोगशालामा डडेल्धुरा र बझाङका २/२, डोटीका ७, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ३ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ। मुलुकभर हाल ५ हजार ८ सय २५ अस्पतालको आइसोलेसनमा र २३ हजार २ सय ७५ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।