नयाँ दिल्ली- भारतमा पछिल्लाे २४ घण्टामा थप ३४ हजार ८ सय ८४ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। याेसँगै काेराेना संक्रमितकाे संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेकाे छ।
भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ६ सय ७१ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। भारतमा काेराेनाबाट शनिबार बिहानसम्म २६ हजार २ सय ७३ जनाकाे मृत्यु भएकाे छ।
६ लाख ५३ हजार ७ सय ५१ जना संक्रमित निकाे भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।