फाइल तस्बिर काठमाडौं- शुक्रबार विभिन्न ९ वटा उडानमार्फत विदेशमा अलपत्र १ हजार २ सय ४९ नेपाली स्वदेश फर्किएका छन्। साउदी, युएई कतार र कुवेतबाट १ हजार २ सय ४९ नेपालीहरु स्वदेश फर्किएका हुन्।
साउदीबाट ४ वटा उडानमार्फत ६ सय ३ नेपाली फर्किएका छन्। कतारबाट २ उडानमार्फत १ सय ७०, कुवेतबाट दुई उडानमार्फत ३ सय ९ र युएईबाट १ सय ६७ नेपाली स्वदेश फर्किएका हुन्।
शनिबार विदेशमा अलपत्र नेपाली स्वदेश फिर्तीका लागि ११ वटा उडान तालिका तय गरिएको छ। युएई, कतार, बहराइनलगायत मुलुकममा समस्यामा परेका नेपाली नागरिकहरु स्वदेश फर्काइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।