काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ को संकटबाट अर्थतन्त्रलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याएको बताएका छन्। उनले यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई मध्यनजर गर्दै नीति ल्याएको बताएका हुन्।
गभर्नर अधिकारीले नेपालको सन्दर्भमा अहिले व्यापार घाटा घटेको जानकारी दिए। उनले विद्युतीय कारोबार बढेको उल्लेख गरे। कोभिड १९ का कारण विश्वभर श्रम बजार र विप्रेषण प्रभावित हुने अवस्था आएको उनले बताएका छन्।
अहिले कर्जा प्रवाह घटेका कारण बैंकमा पर्याप्त तरलता रहेको उनले बताए। अधिकारीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्य, पन्ध्रौं योजना र चालु वर्षको बजेटलाई ध्यानमा राखेर मौद्रिक नीति तयार गरिएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।