काठमाडौं-गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।
लमजुङको मस्र्याङदी गाउँपालिकाका ६, दोर्दीका ४, राइनासका ८, दुधपोखरीका १,वेसीसहर नगरपालिकाका २ र क्वोलासोथारका १ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ७८ पुगेको छ।
उनीहरुलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ।
नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ६६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।