एजेन्सी– विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख नाघेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख ४० हजार ७ सय २७ पुगेको छ।
कोरोनाबाट हालसम्म ५ लाख ८८ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ। ७६ लाख ७० हजार३ १ सय ४५ जना निको भइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३५ लाख ६० हजार ३ सय ६४ पुगेको छ भने १ लाख ३८ हजार २ सय १ को मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा २० लाख १२ हजार १ सय ५१ संक्रमित छन्र भने ७६ हजार ६ सय ८८ जनाको मृत्यु भएकाे छ।
भारतमा ९ लाख ६८ हजार ८ सय ७६ संक्रमित र २४ हजार ९ सय १५ को मृत्यु भएकाे छ। रुसमा ७ लाख ५१ हजार ६ सय १२ संक्रमित र ११ हजार ९ सय २० को मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।