काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कैलालीको धनगढीमा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता बिनासर्त रिहा गर्न माग गरेका छन्।
बुधबार धनगढीबाट पार्टी केन्द्रीय एवं सेती महाकाली ब्यूरो इन्चार्ज ओम पुनसहित सोती महाकाली ब्यूरो सदस्य जोखिम सहित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य पूर्णिमा धामी पक्राउ परेपछि बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै विप्लवले रिहा गर्न आह्वान गरेका हुन्।
राष्ट्रिय स्वाधीनता र जनताको अधिकार प्राप्तिका लागि संघर्ष गरेका आफ्ना नेता पक्राउ गरेको भन्दै विप्लवले यसको घोर भर्त्सना गरेका छन्। कोरोना कहरमा आफ्ना सम्पूर्ण गतिविधि बन्द गरेकै बखत सरकारले नेता कार्यकर्ता पक्राउ गर्नु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।