रियो दि जेनेरियो- ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोको पुनः कोरोना परीक्षण गर्दा फेरि पनि पोजेटिभ रिपोर्ट आएको छ। हालै गरेको एक परीक्षणमा उनमा संक्रमण रिर्पोट पोजेटिभ आएको हो।
राष्ट्रपति बोलसोनारोलाई ८ जुलाईमा कारोना पोजेटिभ भएको पुष्टि भएको थियो। उनलाई उच्च ज्वरको लक्षण देखिएको थियो। यसपछि उनले मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन खान थालेका थिए। यो औषधिले उनलाई राहत भएको बताइएको छ।
विश्वमा धेरै संक्रमित रहेको देशमा अमेरिकापछि ब्राजिल छ। ब्राजिलमा आगामी दिनमा संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।