काठमाडौं- बुधबारसम्म नेपालमा ६४ दशमलव ८५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। बुधबार थप २१३ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुकत् हुनेको संख्या ६४ दशमलव ८५ प्रतिशत पुगेको हो।
बुधबार २१३ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ११ हजार २ सय ४९ उपचारपछि निको भएका छन्।
बिहीबारसम्म नेपालमा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
हाल २४ हजार ५ सय जना क्वारेन्टाइनमा छन् भने ६ हजार ५६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ। काठमाडौंमा हालै तीन हजार परीक्षण गर्दा ३ जनाको कोरोना पोजेटिभ आएको समेत डा गौतमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।