काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंलाई दिइएको छ।
साउन १ बाट लागू हुने गरी उनलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइकएको हो। विवेक झाको कार्यकाल साउन १ बाट समाप्त भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यावाहक सिइओको जिम्मेवारी दिइएको हो।
असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो। प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन्।
यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको अनुभव सम्हालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।