काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभरका २६ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ र ताप्लेजुङका १-१ जनामा कोरोना पुष्टि भएको छ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नुवाकोट र सिन्धुपाल्चोकका १/१ र काठमाडौंका ४ जनामा कोरोना भेटिएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका २, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ८ र नवलपरासी पूर्वका ११ जनामा कोरोना पाइएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रौतहटका ५, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा धादिङ, काठमाडौं, पाल्पा र गोरखाका १÷१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका ३ र म्याग्दीका ९, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा सल्यानका ३ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका १, दैलेखका ३, जाजरकोटका १ जुम्ला २, मुगुका १, सल्यानका २ र सुर्खेतमा २८, डडेल्धुरा अस्पतालमा डडेल्धुराका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।