काठमाडौं-बंगलादेश क्रिकेटका पूर्वकप्तान मश्राफे मोर्टजा कोरोना भाइरस (कोभिड-१९) बाट मुक्त भएका छन्।
मंगलबार साँझ गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ। तर उनकी श्रीमती सुमोना हकलाई भने कोरोनाको संक्रमण अझै देखिएको छ। जुन २० तारिखमा गरिएको परिक्षणमा मोर्टजा र उनकी श्रीमतीमा कोरोना पुष्टि भएको थियो।
पूर्व कप्तान मश्राफे मोर्टजा सत्तारुढ अवामी लिग पार्टीका प्रतिनिधि सभाका सदस्यसमेत हुन्।
कोरोना मुक्त भएपछि पूर्वकप्तान मोर्टजाले भनेका छन्, ‘म सबैलाई धन्यवाद भन्छु, जसले मेरो शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्नुभयो। तर अझै पनि मेरो पत्नीमा कोभिड-१९ पोजिटिभ नै छ। उनी पनि छिट्टै ठिक हुनेछिन्। हामी सबैले उनका लागि प्राथना गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।