नयाँ दिल्ली- भारतमा पछिल्लाे २४ घण्टामा २८ हजार ४ सय ९८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। याेसँगै काेराेना संक्रमितकाे संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेकाे छ।
यसैगरी, पछिल्लाे २४ घण्टामा ५ सय ५३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। भारतमा अहिलेसम्म २३ हजार ७२७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
संक्रमितमध्ये ५ लाख ७१ हजार ४ सय ६० जना निकाे भएका छन्। भारतमा काेराेना निकाे हुनेकाे दर ६३.०२ प्रतिशत रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।