काठमाडौं- काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३, ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी ९ जना संक्रमित थपिएको जानकारी दिए।
काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। यो कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत भएको जानकारी मन्त्रालयका प्रवक्ता डा गौतमले दिए।
सोमबारसम्म ३८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।