काठमाडौं- शुक्रबार थप १ हजार ७ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म १० हजार २ सय ९४ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ७ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
सोमबार ५ हजार ८५६ जनाको कोरोनाको परीक्षण भएको र हाल २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।