काठमाडौं-पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इंग्ल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको छ।
कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएर सुरु भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको खेलमा इंग्ल्यान्ड वेस्ट इन्डिजसँग चार विकेटले पराजित भएको हो। आफ्नो दोस्रो पारीमा दुई सय रनको विजयी लक्ष्य चुनौती पाएको वेस्ट इन्डिजले पाँचौ दिनको अन्त्यसँगै भेटायो।
आफ्नो दोस्रो पारीमा वेस्ट इन्डिजलाई जिताउन जेर्मइन ब्लाकवोडले ९५ रन बनाए। इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट लिएका थिए। यसअघि वेस्ट इन्डिजले आफ्नो पहिलो पारीमा ३१८ रन बनाएको थियो।
टस जितेर पहिले ब्याटिङ थालेको इंग्ल्यान्डले भने आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा २०४ रनमात्रै बनाउन सकेको थियो। इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाएका थिए। वेस्ट इन्डिजका लागि जासन होल्डरले ६ विकेट लिदा सानोन गाब्रियलले ४ विकेट लिएका थिए।
पहिलो पारी सकिदासम्म ११४ रनले पछि रहेको इंग्ल्यान्डले आफ्नो दोस्रो पारीमा पनि राम्रो स्कोर बनाउन सकेन। दोस्रो पारीमा ३१३ रनमा अलआउट हुँदा वेस्ट इन्डिजले २०० रनको चुनौती पाएको थियो।
यो जितसँगै वेस्ट इन्डिजले इंग्ल्यान्डसँगको तीन खेलको टेष्ट सिरिजमा १–० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।