काठमाडौं–गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ७ जिल्लामा थप पुष्टि भएको जनाएको हो।
तनहुँका ६, पर्वतका २, बाग्लुङका २, नवलपरासीपूर्वका १, स्याङजाका १, गोरखाका १ र लमजुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। उनीहरुलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्।
योसँगै गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ। नेपालका कूल संक्रमितको संख्या १६ हजार ७ सय ३४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।