काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ। गत २४ घण्टामा मात्र ७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सिरहाका १, सुनसरी र उदयपुरका ४/४ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धादिङका २, काठमाडौंका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा सिन्धुली र रौतहटका १/१, पाटन अस्पताल ललितपुरमा धादिङ, पर्वत र स्याङ्जाका १/१ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ३, तनहुँका ४, स्याङ्जाका ३ र म्याग्दीका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
भेरी अस्पताल नेपालगञ्जमा बाँके, बर्दिया र दाङका २/२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ३, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा रुकुम पश्चिमका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना भेटिएको छ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका २, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका १ र कञ्चनपुरका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ। मुलुकभर हाल २४ हजार ९७ जना क्वारेन्टाइन र ८ हजार २ सय ३९ जना अस्पतालको आइसोलेसमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।