पाेखरा- गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लामा १४ जना नयाँ संक्रमित भेटिएका हुन्।
शनिबार बिहान नयाँ संक्रमित पुष्टि हुने जिल्लामा कास्की, तनहुँ, म्याग्दी, स्याङ्जा र बागलुङका छन्। तनहुँमा ४ जना, म्याग्दीमा २ जना, स्याङ्जामा ३ जना, बाग्लुङमा ३ जना र कास्कीमा २ जनामा काेराेना संक्रमण देखिएकाे हाे।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ। संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।