काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये ८ हजार ६ सय ३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा इलामका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पाँचथरका २ जनामा कोरोना पुष्टि भएको छ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सिरहाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ४, महोत्तरीका ३, सर्लाहीका ६ र सिरहाका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रसुवा, डोटी र सर्लाहीका १/१ जनामा कोरोना भेटिएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका १, भरतपुर अस्पताल चितवनमा १ जनामा कोरोना पुष्टि भएको डा. गौतमले जानकारी दिए।
पाटन अस्पताल ललितपुरमा बाँके, महोत्तरी, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका १/१, काठमाडौंका १५, ललितपुरका १३, रौतहटका र काभ्रेपलाञ्चोकका २/२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका १२, सर्लाही, इलाम, रुपन्देही, मकवानपुर, धादिङ र कैलालीका १/१, पाल्पाका २ जनामा कोरोना पाइएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २ र तनहुँका ८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका १ र नवलपरासीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ६ र पाल्पाका २ जनामा कोरोना भेटिएको छ।
आरटी पिसिआर प्रयोगशला दैलेखमा सुर्खेतका ७, बाजुराका १ र दैलेखका २, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा डोल्पा र सल्यानका १ र सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ८ सय ६ जनाको पिसिआर परीक्षण गरेको छ। मुलुकभर हाल ८ हजार ६ सय ३ जना अस्पतालको आइसोलेसनमा र २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।