काठमाडौं- बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएपछि फरार भएका दुई कसुरदार पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं १८ की ४८ वर्षीया सुनिता चित्रकार र काठमाडौं १४ का ४९ वर्षीय मनोजलाल सिंह सुवाल छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले चित्रकारलाई स्वयम्भूबाट बिहीबार र सुवाललाई रविभवनबाट शुक्रबार पक्राउ गरेको हो।
विकास कार्कीको जाहेरीले चित्रकारलाई उच्च अदालत पाटनले गत फागुन १८ गते ३ दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
त्यस्तै उच्च अदालत पाटनले सुवालविरुद्ध गत माघ १४ गते ७ दिन कैद र १० लाख जरिवनाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयनका लागि दुवै जनालाई जिल्ला अदालत काठमाडौं पेश गरिएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।