काठमाडौं- गुणस्तर तथा तापतौल विभागले गोयन्का सिमेन्ट उद्योग र कमला रोलिङ मिल्स स्टिलको इजाजत स्थगन गरेको छ। विभागले गोयन्काको पिएसी सिमेन्टमा नेपाल गुणस्तरमा मापदण्ड नपुगेको फेला परेपछि इजाजत स्थगन गर्दै कारबाही गरेको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ ११ एमपिए हुनुपर्नेमा १६ एमपिए भएको देखिएकाले कारबाही गरिएको हो।
यसैगरी विभागले कमला रोलिङ मिल्सले उत्पादन गरेको डन्डी गुणस्तरहीन रहेको फेला परेपछि इजाजत रद्द गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।