पाेखरा- गण्डकी प्रदेशमा थप १३ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान प्रदेशका पाँच जिल्लामा थप १३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे।
तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र पर्वत, बागलुङ तथा गोरखामा एक/एक जना संक्रमित थपिएका हुन्। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुमा काेराेना पाेजेटिभ देखिएकाे हाे।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।