नयाँ दिल्ली- भारतमा काेराेना भाइरस संक्रमितकाे संख्या दिनदिनै बढ्दाे क्रममा छ। पछिल्लाे २४ घण्टामा २६ हजार ५ सय ६ जनामा काेराेना संक्रमण भएकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
पछिल्लाे २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित भेटिएका हुन्। याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या ७ लाख ९३ हजार ८ सय २ पुगेकाे छ। २ लाख ७६ हजार ६ सय ८५ जना निकाे भएका छ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४ सय ७५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। भारतमा अहिलेसम्म २१ हजार ६ सय ४ जना संक्रमितकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।