काठमाडौं–गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण भेटिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ७ जिल्लामा थप संक्रमण पुष्टि भएको जनाएको हो।
तनहुँका १, म्याग्दी, बाग्लुङ र गोरखाका २–२, नवलपरासीपूर्वका ४ र कास्कीका ४ जना गरी २० जनामा संक्रमण देखिएको हो।
नवलपरासीपूर्वका सबै संक्रमितलाई आइसोलेसन कक्षमा राखिएको र अन्य जिल्लाका व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा राख्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ भने निको हुनेको संख्या ३ सय ८६ पुगेको छ।
नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय ४३ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।