काठमाडाैं- अमेरिकामा एकैदिन ६० हजार जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। न्यूयाेर्क टाइम्सका अनुसार बुधबार ६० हजार जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे। याेसँगै अमेरिकामा काेराेना संक्रमितकाे संख्या ३० लाख ५५ हजार ८१ पुगेकाे छ।
काेराेनाका कारण अमेरिकाका अधिकांश राज्य नराम्री प्रभावित भएका छन्। जाेन हप्सकिङ विश्वविद्यालयकाे तथ्यांकअनुसार अमेरिकामा १ लाख ३२ हजार ३ सय ९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
राष्ट्रपति डाेनाल्ड ट्रमले परीक्षणकाे दायरा बढेकाले संक्रमितकाे संख्या पनि बढेकाे बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।