काठमाडौं-जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज कोसी, बागमती, नारायणी, पश्चिम राप्ती र कर्णालीमा बहाव बढ्दो रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल दुधकोसी नदीमा बहाव सतर्कता तह आसपास छ। गएराति लमजुङको बेसीसहर, सिन्धुपाल्चोकको बाह्रबिसेआसपास भारी वर्षा भएकाले सतर्क रहन तथा खोटाङ–ओखलढुंगाको दुधकोसी नदीतटीय क्षेत्रमा जलसतह सतर्कता आसपास पुगेकाले एसएमएस पठाइएको महाशाखाले जनाएको छ।
यस्तै, आज कर्णाली, महाकाली र यसका सहायक नदी तथा नारायणीमा बहाब बढ्ने जनाइएको छ। तर बहाव सतर्कताको तहभन्दा तलै रहने महाशाखाको भनाइ छ।
यस्तै, कमला, कन्काइ, बागमती, पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्ने र सतर्कता आसपास पुग्ने पूर्वानुमान छ।
प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर,प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र आसपास जिल्ला भई बग्ने स–साना नदीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको पनि जनाइएको छ।
यस्तो छ तीन दिनको बाढी पूर्वानुमान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।