काठमाडौं-समाजवादी पार्टीले सरिता गिरीलाई गरिएको कारबाहीको पत्र संसद सचिवालयमा दर्ता गराएको छ।
बुधबार दिउँसो पत्र दर्ता गरिएको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।
समाजवादीका नेताहरू श्रेष्ठ र प्रमुख सचेतक उमाशंकर अरगरियाले संसद सचिवालय पुगेर कारबाहीको पत्र दर्ता गरेका हुन्। मंगलबार बसेको समाजवादीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।