काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आगामी कार्यकालका लागि मदनकृष्ण शर्मा निर्विरोध अध्यक्ष चयन भएका छन्। बुधबार भएको मनोनयन दर्ताका क्रममा शर्माको मात्रै उम्मेद्वारी परेको थियो।
वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका शर्मा अब १ वर्ष आइक्यानको अध्यक्ष हुनेछन्। आइक्यानको अध्यक्षको कार्यकाल १ वर्षको हुने व्यवस्था छ। उपाध्यक्षका लागि २ जनाको उम्मेद्वारी परेको छ। काउन्सिल सदस्यहरु युद्ध ओली र पियुष आनन्दले उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन्।
उपाध्यक्षका लागि सर्वसम्मत नभए शुक्रबार मतदान हुनेछ।
गत असारमा आइक्यानको नेतृत्वमा कृष्णप्रसाद आचार्य आएका थिए। आइक्यानको उपाध्यक्ष हुँदै अध्यक्ष भएका आचार्य कर्मचारी सञ्चय कोषको प्रशासकबाट अवकाश प्राप्त हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।