काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र २ सय ५५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ५ र तेहथुमका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
कोशी अञ्चल अस्पताल विराटनगरमा झापाका १, सुनसरी र इलामका २÷२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ र मोरङका ३, गजेन्द्र नारायण सिंह अस्पतालमा सिरहाका २ र सप्तरीका ४ जनामा कोरोना भेटिएको छ।
नारायणी अस्पताल वीरगञ्जमा बाराका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका ८, गोरखाका २, कैलालीका १९, कञ्चनपुरका ७, काठमाडौंका ६ र सर्लाहीका २ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल चितवनमा चितवनका ५ जनामा कोरोना भेटिएको छ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासी पूर्वका २ र रौतहटका ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, पाटन अस्पताल ललितपुरमा दाङ, धादिङ, दोलखा, झापा, कास्कीका १÷१, काठमाडौंका १०, काभ्रेका १, ललितपुरका ७, लमजुङ, नवलपरासी पूर्व र पर्साका १÷१, रामेछापका २, रौतहट, सर्लाही, सिन्धुपाल्चोक र सुनसरीका १÷१ जनामा कोरोना पुष्टि भएको छ।
मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काभ्रे र मोरङका १÷१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दीका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३, पाल्पाका ५ र प्यूठानका १ जनामा कोरोना भेटिएको छ।
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २, दाङका ४, कालीकोटका १ र रुकुम पश्चिमका ३, आरटी पिसिआर दैलेख प्रयोगशालामा सुर्खेतका १, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा रुकुम पश्चिमका ४ र जाजरकोटका १ जनामा कोरोना भेटिएको छ।
सुर्खेत प्रादेशिक अस्पतालमा दैलेख र मुगुका २÷२, सुर्खेतका १३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दैलेखका ३, डडेल्धुरा अस्पतालका डडेल्धुराका २, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका ५, डोटीका ४, कञ्चनपुरका ५ र कैलालीका १७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।