काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड १८ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार विश्वभर १ करोड १८ लाख ५० हजार ८ सय ८६ जना संक्रमित भएका छन्। यो बुधबार दिउँसो साढे ४ बजेको विवरण हो।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २९ लाख ९६ हजार ९८ पुगेको छ। त्यस्तै ब्राजिलमा १६ लाख ६८ हजार ५ सय ८९, भारतमा ७ लाख ४२ हजार ४ सय १७ र रुसमा ६ लाख ९९ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ४४ हजार ५ सय ३६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
विश्वभर ६४ लाख ६७ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन्। सबैभन्दा बढी निको हुनेमा ब्राजिल पहिलो नम्बरमा छ। ब्राजिलमा ११ लाख ७ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।