काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
कोभिड-१९ महामारीविरूद्ध नेपाल पनि ऐक्यबद्धता रहेको भन्दै उनले ट्विटरमार्फत बोलसोनारोको स्वास्थ्यलाभको कामना गरेका हुन्।
राष्ट्रपति बोलसोनारोलाई मंगलबार कोरोना संक्रमण देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।