काठमाडौं-कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कणाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएअनुसार प्रदेशका ४ जिल्लामा थप संक्रमण देखिएको हो।
सुर्खेतमा १३ जनामा, दैलेखमा २, मुगुमा २ र दैलेखमा ३ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको महाशाखाले जनाएको छ। यससँगै कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या १ हजार ५ सय ५० पुगेको छ।
बुधबारै कर्णाली प्रदेशमा १६ संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने कूल निको हुनेको संख्या १ हजार २ सय ९१ पुगेको छ भने पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या ६ रहेको छ।
यस्तै, कर्णाली प्रदेशमा कोरोनाका सक्रिय बिरामीको संख्या २ सय ५३ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।