नयाँ दिल्ली- शाहिद कपुरको विवाह भएको मंगलबार ठिक पाँच वर्ष पूरा भएको छ। यही अवसरमा उनीकी पत्नी मीराले इन्स्टाग्राममा पति शाहिद कपुरका साथ खिचिएको एक तस्बिर सेयर गर्दै पाँचौं विवाह वार्षिकीको बधाइ दिइन्। यसका साथै उनले एक नोट पनि लेखिन्- 'याद रखना, पत्नि हमेशा सही होती है'।
मीराले पोस्टमा लेखेकी छन् '५ साल, ४ आत्मा, ३ घर, २ सन्तान र एक परिवार। मेरो प्यारो जिन्दगीको यो यात्रामा तिमी बाहेक कोही छैन, जसलाई म आफ्नो जिन्दगी भन्न सकूँ। तिमीप्रतिको मेरो माया प्रत्येक दिन बढ्दै गइरहेको छ।'
'म यो संसारकी सबैभन्दा भाग्यशाली महिला हुँ, जसलाई सबैभन्दा राम्रो साथीका रूपमा नै माया पनि मिलेको छ। मेरो हौसला बनाउनका लागि हरेक यात्रामा हातमा हात राखेर सँगै जिउने वाचाका लागि। यो जिन्दगीमा मिलेका सबै चिजप्रति धन्यवाद। आइ लभ यू।'
श्रीमान् शाहिद कपूरसँगको फोटो राखेर मिराले लेखेकी छन्, 'तपाई मलाई यति हसाउनुहुन्छ कि त्यति कसैले पनि हसाउन सक्दैन। यीमध्ये धेरैपटक म तपाई प्रति हास्दिनँ पनि। कृपया यो चिज नभुल्नु कि पत्नी हमेशा सही हुन्छिन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।